भद्रपुर । साईबर अपराधका घट्नाहरुलाई न्यूनीकरण गर्नका लागि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । दमक र कन्काईमा रहेका नगर बाल सञ्जाल , एभरेष्ट बोर्डिङ स्कुल दमक र झापा मोडेल ईङ्लिस बोर्डिङ स्कुल दमकका २२ जना बालबालिकाहरुलाई अनलाईनबाट भिडियो कन्सफ्रेन्सको माध्यमद्वारा सचेतना प्रदान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाले आयोजना गरेको कार्यक्रममा एसपी कृष्णप्रसाद कोईरालाले प्रबिधिको दुरुपयोगबाट नै साईबर अपराधका घट्ना घट्न सक्ने भएकाले त्यस प्रकारका घट्नाबाट जोगिन अपनाउनु पर्ने तरिका, त्यसका फाईदा र बेफाईदा, सेक्युरिटी फिचर्स, नेपाल प्रहरीसम्म आईपुग्ने समस्याहरु र कानुनी प्रावधानहरुका बारेमा जानकारी गराएका थिए ।
त्यस प्रकारका गतिबिधिमा संलग्न हुन नहुने सुझाव दिएका उनीहरुलाइ दिएका थिए ।