ब्लाष्टखबर । लाेटाङमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । लेटाङ नगरपालिका ९, जाँतेमा रहेकाे स्वेता मगरको घरमा जुवा खेलिरहेका उनिहरूलाई अवस्थामा ईलाका प्रहरी कार्यालय लेटाङको टोलीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।
पक्राउ पर्नेहरूमा लेटाङ ९ का ४५ बर्षीय ददिराम पौडेल, २५ बर्षीय निर्मल मगर, ३१ बर्षीय रञ्जित गजमेर, ५२ बर्षीय नरध्वज खड्का, ३२ बर्षीय चन्द्रबहादुर गौतम, ३९ बषीय सिरि कुमार पुलामी मगर र तेह्रथुमका यमकुमार शेर्पा रहेका कार्यालयले जनाएकाे छ ।
आज बिहान २ बजे पक्राउ परेकाे उनीहरुको साथबाट १ लाख ८८ हजार ७ सय ४५ रुपैँया, १ सेट कौडा, ६ बुक तास र१६ सेट माेवाइल बरामत गरीएको र पक्राउ परेका उनिहरूमाथी थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।