ब्लाष्टखबर । बराहक्षेत्र नगरपालिकाका लागुऔषध खैरो हिरोईन(ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेहरूमा कोशी गाँउपालिका-५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी रहेका प्रदेश १ प्रहरी कार्यालयले जनाएकाे छ ।
 
कार्यालयका अनुसार हिजो साँझ ६ बजे को ४ प ३३६६ नम्बरको मोटरसाईलमा सवार उनिहरूलाइ बराहक्षेत्र-७ बोराबाध स्थितबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टाेलिले ३ ग्राम २२ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको थियो ।
 
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएकाे छ ।