धरान । धरान उपमहानगरपालिका–१७ पट्नालीमा भइरहेको प्रथम पट्नाली च्यालेन्ज कपको फाइनलमा बराहक्षेत्र फुटबल क्लब चतरा र गोधुली फुटबल क्लब धरानबीच प्रतिष्पर्धा हुने भएको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा धरानको ज्योती एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बराहक्षेत्र फुटबल क्लबले फाइनलको यात्रा तय गरेको हो ।
ज्योती एफसीका क्याप्टेन योगेश राईको गोलमा बराहक्षेत्र विजयी भएको हो । शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलको म्यान अफ द म्याच बराहक्षेत्रका क्याप्टेन आकाश राई घोषित भए । उनलाई ट्रफी तथा नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।
शनिबार पटनाली खेल मैदानमा धरानको गोधुली क्लब र बराहक्षेत्र फुटबल क्लबबीच फाइनल खेल हुने आयोजक पटनाली फुटबल क्लबका अध्यक्ष नगेन्द्र गिरीले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफि सहित नगद ५० हजार र उपविजेताले नगद २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।