ब्लाष्टखबर । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी संवैधानिक परिषद् ऐन संसोधन अध्यादेश तत्काल फिर्ता गर्न सत्तारूढ पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माग गरेका छन् । उनले सरकारले लोकतन्त्रको उपहास हुनेगरी असंवैधानिक हर्कत गरेकाे भन्दै अध्यादेश फिर्ता लिनसमेत माग गरेका उनका प्रेस संयोजक विष्णु सापकोटा जनाएका छन् । सापकाेटाका अनुसार 

पार्टीहरूले पनि संसद अधिवशेन बोलाउन माग गरिहरहेको र संसद अधिवशेन नजिकै आइरहेको बेलामा अध्यादेश आउनु बदनियतपूर्ण रहेकाे बताएका छन् ।