ब्लाष्टखबर । लगानीकर्ताकाे व्यक्तिगत विवरणकाे गाेपनीयता कायम राख्नका लागि भन्दै अब आईपीओलगायत अन्य धितोपत्र निष्कासनको नतिजा तिन ठाउँबाट मात्र हेर्ने मिल्ने भएकाे छ । 

यस अघि सन्चार माध्यमबाट पनि आईपीओलगायतकाे सम्पूर्ण विवरण हेर्न मिल्ने गरेकाेमा लगानी कर्ताकाे गाेपनीयताकाे विषयमा गुनासाे आएपछि उक्त गुनासाेलाइ सम्बाेधन गर्दै सीडीएस एन्ड क्लियरिङले 

भाेली शुक्रबार आईपी वाडफाँडकाे नतिजा सार्वजनिक गर्ने महिला लघुवित्तको आईपीओबाटै उक्त व्यवस्था लागु हुने सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

आचार्यकान अनुसार  अब सीडीएस एन्ड क्लियरिङको मेरो सेयर, बिक्री प्रबन्धकको वेबसाइट र  धितोपत्र निष्कासन भएको सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्रै राख्न पाउने छ । 

सञ्चारमाध्यममा नपठाउन सबै ‘इस्यु म्यानेजर’लाई निर्देशन दिएको आचार्यले बताए । 

धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावलीले गरेको व्यवस्थाअनुसार नै आधिकारिक निकायबाट मात्रै आईपीओ नतिजा हेर्न सक्ने व्यवस्था गरिएको उनले बताए ।