काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ४००ले वृद्धि भएको छ ।

अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा  ४०० रुपियाँले उकालो लागेको छ ।

प्रतितोला ८८ हजार ३००  रुपियाँमा आइतबार कारोबार भएको छापावाला सुन सोमवार भने ८८ हजार ७०० मूल्य कायम भएको छ ।     

त्यसैगरी तेजाबी सुनको मूल्य आइतवार प्रतितोला ८७ हजार ८५० हजार रुपियाँमा कारोबार भएकोमा सोमबारका लागि ८८ हजार २५० रुपियाँ कायम भएको महासङ्घले बताएको छ ।

तोलामा १ हजार ३२५ मा आइतबार कारोबार भएको चाँदी सोमबारका लागि भने ५ रुपियाँले वृद्धि भई १ हजार ३५० मूल्य निर्धारण भएको छ ।