ब्लाष्टखबर । सुनकाे भाउ मंगलबार १ हजार ७ सयले  घटेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  मंगलबार सुनको मूल्य एकै दिन तोलामा १ हजार ७०० ले घटेर प्रतितोला ८७ हजार रुपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुन पनि प्रतितोला ८६ हजार ५५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

 सोमबार तोलामा ४०० ले बढेर छापावाल सुन प्रतितोला ८८ हजार ७०० र तेजाबी सुन ८८ हजार २५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै मंगलबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार २९० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।  अघिल्लो कारोबार दिन चाँदीको भाउ वृद्धि भएर प्रतितोला एक हजार ३३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।