बेलबारी । इन्द्रपुर जुनियर जेसिजको आयोजनामा बैंकिङ सेमिनार कार्यक्रम सम्पन्न भएको छ । सोमबार विराटचौक स्थित इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठानको हलमा सेमिनार भएको हो ।

नविल बैक विराटचोक बैंकको सहकार्यमा भएका कार्यक्रममा सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि रिजालले विद्यार्थीहरु  बैकमा सेयर भर्न लाईन लाग्ने देखेको र यो सेमीनार पछि सेयरबजारमा प्रवेश गर्न सहयोग मिल्ने बताए ।

आफू निर्वाचित भएपछि पहिलो कार्यक्रममा सहभागि भएको बताउदै रिजालले उद्योग वाणिज्य संघ यस क्षेत्रमा रहेका संस्थासंगै हातेमालो गरेर हिड्ने समेत बताए । 

कक्षा ११ र १२ अध्ययनरत  सिद्धार्थ, सुकुना, ब्राइट प्युचर,सुविजीमुर माध्यमिक विद्यालयका करीब २ सय विद्यार्थीको सहभागिता रहेको थियो  ।

कार्यक्रममा नविल बैंक लिमिटेड विराटचोकका शाखा प्रमुख भवेस बस्नेतले यो कार्यक्रमले विद्यार्थीलाई बैंकिङ क्षेत्रका बारेमा जानकारी गराएका थिए । 

यस्तै अनिस ओझाले बैंक संग सम्बन्धीत भिडियो प्रस्तुती संगै विद्यार्थीलाई सहजिकरण गरेका थिए । उनले नेपालमा मोबाईल बैंक, एडिएम, लगायत बैङकीसंग सम्बन्धीत रहेर सहजिकरण गरेका हुन् । 

सेमिनारमा नयाँ पुस्तालाई बैंकिङ प्रकृयाको बारेमा जानकारी गराइएको थियो । बैकको सुरुवात नेपालमा बैकको स्थापना देखि यसको उपयोगिताका विषयमा  उनीहरुमा बैंकिङ कारोबार गर्दा देखिने अन्यौलता कम गर्न सेमिनारले मद्दत गर्ने इन्द्रपुर जुनियर जेसिजका अध्यक्ष प्राञ्जल ढकालले बताए ।

कार्यक्रमको संयोजन समिप ढकालले गरेका थिए । कार्यक्रममा इन्द्रपुर जेसीजका अध्यक्ष कृष्णप्रसाद ओझा, जुनियर जेसीजका संस्थापक अध्यक्ष उत्सव थापा समेतको आथित्यता रहेको थियो ।