ब्लाष्टखबर । नेपाली  बजारमा पहेलाे धातु सुनकाे मुल्य बृद्धि भएकाे छ । मंगलबार ८५ हजार ६०० मा काराेबार भएकाे सुनकाे मुल्य बुधबार ६००ले बढेर  प्रतितोला ८६ हजार २०० कायम भएकाे नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै,   तेजावी सुन प्रतितोला  ८५ हजार ७५० मा काराेबार भइरहेकाे छ । 

मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य १२ सय ५५ रहेको थियो । आज प्रतितोला चाँदी १२ सय ७० कायम भइ कारोबार भइ महासंघले जनाएको छ ।