भद्रपुर । भद्रपुर नगरपालिकामा वडास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
नगर खेलकुद विकास समितिको आयोजना तथा उपसमितिको संयोजकत्वमा भद्रपुर ८ स्थित मेची रङ्गशाला खेलमैदानमा फागुन २७ गते विहीबारदेखि प्रतियोगिता हुने भएको हो ।
नगर खेलकुद विकास समिति तथा उपसमितिले बुधबार दिउँसो मेची रङ्गशालामा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा सार्वजनिक गरेको थियो ।
प्रत्येक वडाका एक–एक गरी १० वटा टिमले सहभागिता जनाउने नगर अध्यक्ष श्यामकुमार राउतले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने विजेता टिमले ३० हजार र दोस्रो टिमले २० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । खेल चैत्र ७ गते सम्पन्न हुनेछ ।
सवै प्रकारका खेललाइ भद्रपुर नगर क्षेत्रमा समावेश गरी क्रमश खेलाडी उत्पादन गर्दै लैजाने उद्देश्य रहेको प्रमुख अतिथी समेत रहेका नगर प्रमुख जीवन कुमार श्रेष्ठले बताए । खेलकुदका क्षेत्रमा नगरपालिकाबाट जस्तो सुकै परिस्थिती आइपरेपनि बजेट बन्द नगरिने उनले दाबी गरे ।
स्थानीयले चासो नदेखाउँदा रङ्गशाला ओझेलमा पर्दै गएको उनको भनाइ थियो । रङ्गशालालाइ नगरपालिकाको तर्फबाट भरपुर सहयोग हुने भएपनि खेलप्रेमीले नै असहयोग गर्दा मैदानलाइ व्यवस्थित वनाउन समस्या भएको उनले गुनासो गरे । अनुमानित २ लाख रुपैयाँ खर्चहुने उपसमिति सदस्य तुलसी कार्कीले बताए।
फुटबल भन्दा अघि फागुन ७ देखि १५ गतेसम्म प्रथम मेयर कप क्रिकेट प्रतियोगिता सफलापुर्वक सम्पन्न गरिएको उनले जनाए । खेलाडी उत्पादन गर्ने प्रमुख उद्देश्य रहेको उनले जानकारी दिए । प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाइ पुरस्कृत गरिने जनाइएको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखा भद्रपुर प्रमुख प्रेम भुजेलले सञ्चालन उपसमितिका उपसंयोजक यामकुमार लिम्बूको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा स्थानीय तथा राष्ट्रिय पुराना खेलाडीलाइ समेत सम्मान गरिने भएको छ ।