गोधुली क्लबको आयोजनामा धरानमा भइरहेको २१ औं गोधुली टुबोर्ग फुटबल रनिङ कप अन्तर्गत आज भएको खेलमा १६ नं. वडा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । 

आज भएको खेलमा १५ नं. वडालाई ४–० को फराकिलो अन्तरमा पराजित गर्दै १६ नं. वडाले सेमिफाइनलको यात्रा तय गरेको हो । १६ नं. वडाका लागि मन्दिप बस्नेत, लोकेन लिम्बू, शैलेन्द्र नेपाल र जमिन लिम्बूले गोल गरेका थिए । 

खेलको म्यान अफ द म्याच १६ नं. वडाका मन्दिप बस्नेत घोषित भए । म्यान अफ द म्याच मन्दिपलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद २ हजार पुरस्कार प्रदान गरे ।   

भोलि वडा नं. ८ र १९ सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । चैत्र ७ गतेसम्म चल्ने प्रतियोगितामा धरान उपमहानगरपालिकाका १९ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

ManOfTheMatch_Semifinal_Mandip_Basnet_16