धरान । इटालीमा उत्पादित जावा कम्पनीको ‘पेरक’ मोटरसाइकल नेपालमा एकसाथ लन्च गरिएको छ । देशभरका शाखा कार्यालयबाट एकसाथ लन्च गरिएको हो । 

धरानमा कुमार एण्ड सन्सले सञ्चालनमा ल्याएको जावा शोरुम धरान–८ बाट शुक्रबार लञ्च गरिएको छ । प्रभु बैङ्कका शाखा प्रबन्धक नवीन राई तथा कुमार एण्ड सन्सका सञ्चालक कुमार श्रेष्ठले एकसाथ लञ्च गरे । लञ्च गरिए पनि बिक्री प्रारम्भ भने आउँदो साताबाट सुरु हुने कम्पनीका सञ्चालक सुमन श्रेष्ठले जानकारी दिए । जावा कम्पनीको दुई पाङ्ग्रे सवारीलाई नेपालमा अग्नि मोटो इन्क प्रालिले भिœयाएको हो । 

३३४ सीसी क्षमताको यस मोटरसाइकलको नेपाली मूल्य ७ लाख ५० हजार रुपैयाँ रहेको छ । ट्यान्कीको क्षमता १४ लिटर र झण्डै साढे ३४ प्रतिकिलोमिटर माइलेज क्षमता रहेको कम्पनीका सञ्चालक कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य मोटरसाइकलको तुलनामा एकदमै आनन्ददायी रहेको छ । फोर स्ट्रोक इन्जिन टाइपमा रहेको पेरकमा अगाडि र पछाडि नै डिस्क ब्रेक रहेको छ । जावा कम्पनीको मोटरसाइकल युवापुस्तामाझ एकदमै रुचाइएको छ । 

क्लासिक मोडलमा रहेकाले पनि यो कम्पनीको मोटरसाइकलमा युवापुस्ता पारखी रहेको सञ्चालक सुमन श्रेष्ठले बताए । नयाँ मोटरसाइकल बुबर मोडलमा रहेको छ । जसले गर्दा झनै युवापुस्तामाझ लोकप्रिय बन्ने विश्वास कम्पनीले लिएको छ । कालो रङ्गमा उपलब्ध रहेको छ ।