विराटनगर / प्रथम विराट राजा कप नकआउट क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसीसी क्रिकेट क्बल विराटनगरले जितेको छ । 

झटियाही युवा क्लबले विराटनगर १८ मा आयोजना गरेको क्रिकेट प्रतियोगिताको शनिबार भएको फाइनलमा बजाज युथ क्रिकेट कलब राजवीराजतलाई पराजित गरि विराटनगरले उपाधि जितेको हो । जितसँगै विराटनगरले नगद ७१ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गरेको छ ।  उपबिजेता बनेको राजविराजतले नगद ३१ हजार रुपैयाँमा जित्त बुझायो । 

२ सय ५० रनको बिजय लक्ष्य पछ्याएको राजविराजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७ रन मात्र जोड्न सक्यो । टस जितेर ब्याटिङ रोजेको विराटगनरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन जोडेको थियो । विराटनगरका लोकेश बमले २६ बलमा ८० र सिद्धान्त लोहनीले ३१ बलमा ५२ रनको योगदान गरे । विराटनगरका सरवर्ण यादवले ४ ओभर बेलिङ गर्दा २० रन दिएर ५ विकेट लिन सफल भए । फाइनल खेलको म्यान अफ दी म्याच सर्वाधिक ८० रन बनाउने विराटनगरका लोकेस बम घोषित भए । 

फागुन १९ गतेदेखि सुरू भएको क्रिकेट प्रतियोगितामा १६ वटा क्रिकेट टिमेको सहभागि रहेको झटियाही युवा क्बलका अध्यक्ष देवराज पंजीयारले जानकारी दिए । बिजेता हुने टिमलाई विराटनगर महानगरपालिका कार्यकारी अधिकृत उमेश बस्नेत, जनता समाजवाी पार्टी (जसपा) मोरङका अध्यक्ष राजकुमार यादव, काँग्रेसका नेता राजेश गुप्ता, विराटनगर १८ का काभा वडाअध्यक्ष राजदेव यादव, क्बलका अध्यक्ष देवराज पंजीयार, उपाध्यक्ष बिध्यानन्द साह, सचिब विक्रम साह, कोषाध्यक्ष बब्लु मण्डल, समाजसेवी कार्तिक कुमार यादव, हरिनारयण साह, उमेश प्रसाद साह, जयशंकर पंजीयारलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।