विराटनगर। विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंले संघर्षणपूत जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । 

सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई  ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । 

जितसँगै एपीएफले फाइनल पुग्नको लागि संकटा व्वाइज स्पोटिङ्ग क्बल काठमाण्डौं र भारतको पंजाव पुलिस क्लबको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि एफिएफका सनिश श्रेष्ठ, रबि थिङ्ग र मणि लामाले गोल गरेका थिए । खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिएपनि पहिलो हाफको २६ औ मिनेटमा एपीएफका सनिश श्रेष्ठले गोल गरि टिमलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको क्रस पासलाई सनिशले पेलान्टी एरियामा गरेको वान टच गोलमा परिणत भयो ।

खेलको १५ औं मिनेटमा विराटनगरका फ्लोरेन कौराको क्रस पासमा कप्तान दिपक राईले डिबक्स एरियादेखि गोल गर्ने सुन्दर अवसर खेर फाले । खेलको २७ औं मिनेटमा २०७२ को विराट गोल्डकपको उपबिजेता एपीएफका खेलाडी श्याम नेपालीले गरेको उत्कृष्ट प्रहार विराटनगरका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरिदिए ।

पहिलो गोल खाएपछि दबाबमा परेको विराटनगरले पहिलो हाफमा खेल बराबारीमा ल्याउन निकै संघर्ष गर्याे । तर सफल हुन सकेन ।  

पहिलो हाफमा १ –० गोलले अग्रता लिएको एपीएफले दोस्रो हाफदेखि विराटनगर आक्रमक खेल्यो । खेलको ५३ औं मिनटेमा विराटनगरका विदेशी खेलाडी स्टेपर समिरले डिबक्स एरिया नजिक बललाई होल्ड गरि गरेको प्रहार गोलमा परिणत भयो ।

समिरले गोल गरेसँगै खेल बराबारीमा ल्याए । विराटनगरले दोस्रो हाफपछि गोल गरि खेल बराबारी ल्याएको १४ मिनेट बित्न नपाउँदै एपीएफका रबि थिङ्गले ६७ मिनेटमा गोल गरि टिमलाई अग्रता दिलाए । श्याम नेपालीले निकालिएको क्रस पासलाई रविले जाली चुमाए । 

दोस्रो हाफपछि २–१ अग्रता कायम गरेको एपीएफले दोस्रो गोल गरेको दुई मिनटे बित्न नपाउँदै विराटनगरले ६९ औं मिनेटमा गोल गरि खेल बराबारीमा ल्याए । विराटनगरका प्रकाश बुढाथोकीले पेलान्टी एरियादेखि वान टच बललाई गोलमा परिणत गराउँदै खेल बराबारीमा ल्याए ।

घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरले खेलको ८० र ८३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स एरियादेखि गरेको प्रहार बाहिरदा थप गोल्ने गर्ने अवसर गुमायो ।

९० औं मिनेटको निर्धारित समयसम्म २/२ गोलको खेल बराबारी भएपछि ३० मिनेटको अतिरिक्क्त समय थप गरिएको थियो । थप गरिएको अत्तिरिक्क्त समयको २७ औं मिनेटमा एपीएफका मणि लामाले डिबक्स बाहिरदेखि गरेको प्रहार गोलमा परिणत भएको थियो । उनले गरेको गोल टिमको जितको लागि सुनिश्चित भयो ।

विराटनगर पहिलो सेमिफाइनल खेलमा नै हार व्यहोरेपछि छैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा विराटनगरले हार व्यवहोरेको छ ।

खेलको म्यान अफ द म्याच एपीएफको मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।  

बिहीबारको खेल आरा रारा गोल्डकपका बिजेता संकटा ब्याइज स्पोटिङ्ग क्लब काठमाण्डौं र भारतको पंजाव पुलिस क्लब बिच दोस्रो सेमिफाइनल खेल हुनेछ । संकटाले क्यामरुनलाई १–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि संकटाले पोखरामा सम्पन्न आहा रारा गोल्डको फाइनलमा क्यामरुनलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै उपाधि उचालेको थियो ।