झापा । झापाको बिर्तामोडमा वैशाख २३ गतेदेखि २५ गतेसम्म ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७८’ हुने भएको छ । 


प्रतियोगितामा तीन वटा विभागीय टिम, सात वटा प्रदेशसहित आयोजक टिमीले सहभागीता जनाउने शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।


प्रतियोगितामा ६ वटा पुरुष समूह र ४ वटा महिला समूह गरी १० वटा तौल समूहबीच प्रतिष्पर्धा हुने खेल प्रतियोगिता संयोजक दिपेन धिमालले जानकारी दिए ।
प्रतियोगितामा खेलाडीसहित एक सय ५० भन्दा बढीको सहभागीता रहने बीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ बिर्तामोडको  मेहरमान स्मृति प्रतिष्ठानको कवडहलमा प्रतियोगिताको आयोजना गर्न लागिएको बीरता जेसीजका महासचिव एलसी श्रेष्ठले बताए ।
 

प्रतियोगिताका विजेताले  मेडल, ट्रफी,मायाको चिनो तथा प्रमाणपत्रसहित एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।


कोरोना भाइरसको संक्रमण वढ्दै गएमा प्रतियोगिताको तालिका हेरफेर हुन सक्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १९ लाख २५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।