विजयपुर/ इओएल कम्पनीको केन्ट आल्प्स युभी एयर प्युरिफाइड नेपाली बजारमा आएको छ ।
नेपालमा केन्ट उत्पादनको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले केन्ट आल्प्स प्लस युभी एयर प्युरिफायरलाई बजारमा ल्याएको हो । प्युरिफायरको मूल्य ४९ हजार ९ सय ९० रुपैयाँ रहेको छ । प्युरिफायर नेपालका सबै प्रमुख आधिकारिक थोक बिक्रेताहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
युभी प्युरिफायर कीटनाशक साथै हावाबाट कणहरू हटाउनका लागि हेपाटेक्नोलोजीको प्रयोग गरेको कम्पनीले दाबी गरेको छ । हेपाफिल्टरसँग पीएम २ दशमलव ५ सम्मका सूक्ष्म कणहरू निकाल्न सक्ने क्षमता रहेको बताइन्छ । साथै परागकण, एलर्जेन्स, सतह पालन गर्ने मोल्ड, फाइन डस्ट र हावामा रहने गन्ध, चुरोटको धुवाँ, नराम्रा गन्धलगायतका कणहरू समात्न सक्ने क्षमता भएको बताएको छ ।
युभी कीटाणुशोधनसँगै प्युरिफायर ४ सय र ३ घण्टासम्म कीटाणु हटाउने कम्पनीले बताएको छ । प्युरिफायर ४ सय ३० स्क्वायर वर्ग फिटसम्म उपयुक्त मानिन्छ । अन्य इन्टेलिजेन्ट एयर क्वालिटी निगरानी, फिल्टर प्रतिस्थापन, चाइल्ड लक र कम आवाज अपरेसन सुविधाहरू रहेको छ ।
केन्ट आल्प्सले शुद्धीकरणका साथै फिल्टरका सेट पनि प्रयोग गर्दछ । प्युरिफायरमा परीक्षण गरिएको प्राथमिक फिल्टर प्रयोग गरिएको हुन्छ । डिफेन्सको पहिलो लाइनले ठूलो र दृश्य प्रदूषकहरू हटाउने कम्पनीले बताएको छ ।