विजयपुर/ लकडाउनको समयअवधिको बैंक तथा वित्तिय संस्थाहरूलाई कर्जा असुलीमा जरिवाना नलिन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले लकडाउनको समयको ग्राहक तथा ऋणीहरुसँग जरिवाना तथा शुल्क नलिन निर्देशन दिएको हो ।
त्रैमासकि समिक्षाको बुँदा नं.–७३ मा ‘कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था मिलाइने छ ।’ उल्लेख छ ।
साथै कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि जारी भएको लकडाउन अवधि र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न पनि निर्देशन दिएको छ ।