विजयपुर/ कोरोना भाइरसबाट बच्न लगाएको पुर्ण लकडाउनदेखि बन्द भएको कृषि उपज बजार २ घण्टा खुल्न थालेको छ ।
धरान–१३ को कृषि उपज बजार शुक्रबार देखि खुल्न थालेको हो । बजार अर्को व्यवस्था नभएसम्म बिहान ४ देखि ६ बजेसम्म २ घण्टा खुल्न थालेको हो ।
बिहीबार सरोकारवाला पक्ष कृषि बजार, उद्योग वाणिज्य संघ, स्वास्थ्यकर्मीसहित भएको छलफलले अर्को व्यवस्था नभएसम्म खोल्ने निर्णय गरेको कृषि उपज बजारका अध्यक्ष पर्शुराम कट्टवालले जानकारी दिए ।
उनले २० वटै वडाहरुमा वडाका व्यवसायीलाई बजारमा रहेको तरकारी व्यवसायीकै गाडिबाट प¥याउने निर्णय भएको बताए । बजारमा आउनेलाई पनि विक्रि गर्न दिइने भएको छ ।

कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले कृषि बजारमा रहेका तरकारी तथा फलफुलहरु विक्रि वितरण गरिएको बताए । उनले ४ बजे मान्छे नै नउठ्ने भएकाले व्यापार नहुने भनै २ घण्टा मात्रै समयमा व्यवसायी असन्तुष्ट रहेको जानकारी दिए ।
उक्त २ घण्टाको समय अर्को व्यवस्था नभएसम्मका लागि मात्र भएकाले शनिबार पनः छलफल गरि स्वाथ्यमा असर पर्ने गरि थप केहि व्यवस्था गर्ने अध्यक्ष कट्टवालले जानकारी दिए ।