धरान । आकाशे रंगको जर्सीमा देखिँदै आएका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोलाई अब इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा आफ्ना फ्यानहरूले देख्ने छैनन् । उनी चाँडै नै क्लब छाड्दै छन् । तर, यो सिजनको महत्त्वपूर्ण मानिने च्याम्पियन्स लिगमा भने त्यही रंगको जर्सीमा अगुइरोलाई फ्यानले देख्नेछन् । 

फ्यानहरूले इंग्लिस क्लबबाट अन्तिमपटक खेलेको हेर्नेछन् । मे २९ तारिखको रात्रिकालीन अवस्थामा पनि उनका फ्यानहरू जोसिरहेका भेटिनेछन् । अगुइरो सिटीका गोल मेसिन हुन् । उनले सिटीबाट बिदा लिएर आउँदो सिजनबाट स्पेनको महारथी क्लब बार्सिलोनामा जाँदै छन् । जहाँ आफ्ना टिममेट लियोनल मेसीलाई भेट्नेछन् र उनीसँगै केही वर्ष फुटबल मैदान साझेदार गर्नेछन् । किनकि यी दुई स्टार खेलाडीको एउटै टिममा भेट अर्जेन्टिनाको राष्ट्रिय टिमबाट मात्रै हुँदै आएको थियो । 

अन्य बेला भेटी हाल्दा पनि उनीहरू फरक फरक क्लबबाट प्रतिनिधित्व गर्दै एकअर्काको गोलपोष्टमा आफ्नो जादूमयी खेल देखाउँदै आएका थिए । बार्सिलोनाकै उत्पादन मेसी अर्का गोल मेसिन हुन् । जो एउटै क्लबबाट सर्वाधिक गोलकर्ता बनिएका छन् । अगुइरो पेपका विश्वास पात्र हुन् । त्यसो त मेसी पनि अर्का विश्वासी खेलाडीमा पर्छन् ।

पेपले मेसीलाई सिटीमा ल्याउन ठूलै कसरत गरिरहेका छन् । त्यो अहिले पनि जारी छ । तर, मेसीले नै बार्सिलोना छाड्न चाहिरहेका छैनन् । यदि उनले बार्सिलोनासँगको सम्झौतालाई तोड्ने बित्तिकै उनलाई इंग्लिस क्लब, इटालियन क्लब, फ्रेन्च क्लबले लामो समयदेखि खरिद गर्न खोजिरहेका छन् । 

आज हामी अगुइरोको कुरा गरिरहेका छौं । जो सिटीमा चम्किँदै आएका खेलाडी हुन् । उनले सिटीका लागि हुने अन्तिम खेलमा के जादूमयिता देखाउने हुन् त्यो मे २९ नै पर्खिनु पर्नेछ । तर, उनको यो अन्तिम खेल दुई कारणबाट महत्त्वपूर्ण छ । पहिलो, उनको यो अन्तिम खेल हो । जुन खेलमा उनले कौशलता प्रदर्शन गर्न सकेको खण्डमा च्याम्पियन्स लिग जित्ने छन् । जुन सिटीको पहिलो च्याम्पियन्स लिग हुनेछ । अन्तिम खेलमा गरेको प्रदर्शनले नै उनलाई पनि रातरात थप सेलिब्रेटी बनाउनेछ र बार्सिलोनाको यात्रामा थप सहजता हुनेछ । 

किनकि उनी बार्सिलोनाका लागि दुई सिजनका लागि अनुबन्ध हुँदै छन् । यदि च्याम्पियन्स लिग जिताउनमा उनको भूमिका देखिएमा बार्सिलोनाको जर्सीबाट थप केही वर्ष फ्यानले अगुइरोलाई देख्नेछन् । सिजनको अन्त्यसँगै सिटीसँगको सम्झौता पनि सकिँदै छ । बार्सिलोनासँग सन् २०२३ सम्म सम्झौता गर्न लागेको बताइन्छ । जुन १ तारिखबाट उनी बार्सिलोनाको जर्सीमा देखिनेछन् । 

त्यसो त, ३२ वर्षीय अगुइरोलाई आफ्ना फ्यानले पहिलोपटक स्पेनकै अर्को क्लब एथ्लेटिको मड्रिडमा देखेका थिए । १८ वर्षे उमेरमै मड्रिडबाट व्यवसायिक फुटबल सुरु गरेका अगुइरो २०११ बाट सिटीमा आबद्ध भएका थिए । आजको दिनमा सिटीबाट उनले कुल २७४ खेल खेलिसकेका छन् । २५८ गोल गरेका छन् भने ४७ वटा असिस्ट गरेका छन् । सिटीमा आबद्ध भएयता उनले ५ पटक प्रिमियर लिग उपाधि जितिसकेका छन् । एकपटक एफए कप, ६ पटक लिग कप ट्रिअपुपेस जितिसकेका छन् । 

ीप्रमियर लिगमा उनी एकमात्रै यस्ता खेलाडी हुन्, जसले सबैभन्दा बढी ह्याट्रिक गरेका छन् । गोल अनुपात पनि अन्यको तुलनामा सबैभन्दा उत्तम रहेको छ । १० वर्ष सिटीमा योगदान दिएका उनले च्याम्पिन्यस लिग पनि जितेमा नयाँ इतिहास रच्नेछन् । प्रिमियर लिगमा अगुइरो सर्वाधिक गोलकर्तामा चौथो नम्बरमा पर्छन् । जसले प्रिमियर लिगमा मात्रै १८२ गोल गरेका छन् ।

प्रिमियर लिगमा सर्वाधिक गोलकर्तामा पहिलो नम्बरमा एलन सेइरर (२६०), वाइन रुनी (२०८), र एन्ड्रयू कोल्ड (१८७) छन् । सन् २०११ मा सिटीमा आबद्ध भएपछि उनले पहिलो खेल ५९ मिनेटमा सब्सिच्यूट खेलाडीका रूपमा प्रवेश गरेका थिए । उनले पहिलो खेल स्वानसियासँग खेलेका थिए भने सिटीबाट अन्तिम खेल चेल्सीविरुद्ध खेल्दै पुनः व्यवसायिक खेलको सुरुवात गरेको देशमा फर्किनेछन् तर, फरक क्लबमा ।