बेलबारी/ मोरङको बेलबारी नगरपालिकाले अष्टेलियाबाट ल्याएर किसानहरुलाई बोयर जातको बाख्रा बितरण गरेको छ ।

कोरोनाको महामारीकै बिच नगरपालिकाले कृषक समुह तथा ब्याबसायिक फर्महरुलाई बाख्राका पाठा पाठि बितरण बितरण गरेको हो । ५२ ओटा वोका र ३८ वटा पाठि बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।

एक करोड २५ लाख मुल्य खर्च गरेर नगरपालिकाले अष्टे«लिया बाट चार्टर गरी बोका ल्याएर बितरण गरेको हो ।

किसानहरुलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अष्ट्रेलियाबाट ल्याएर पाठा पाठि बिरतण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रकारुपमा बिकास गर्ने लक्ष्य लिएको उनले बताए ।

समूह तथा र्फमहरुलाई सर्तनै राखेर बितरण गरीएको छ । अनुदानमा दिएका बाख्राहरु बिक्रि गर्न नपाउने सर्त राखेर बितरण गरीएको प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहाले बताए ।

तिनै बाख्राका पाठापाठिबाट उत्पादन बढाउने लक्ष्य लिएको उनले बताए । नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधिनै बनाएको थियो । 

यो जातको बाख्राले दाना, पानी र स्थानीय स्तरमा पाईने सबै घाँस खाने भएकाले यतिबेला कृषकहरुको ध्यान उक्त बाख्रापालनमा गएको छ । थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरुमा समेत बोयर प्रतिकोमोह बढिरहेको छ । अन्य जातको बाख्रा भन्दा बोयरले छिटो सयमा फाइदा दिने पशुप्राविधिकहरु बताउछन्।

बाख्राका पाठा पाठि पाएपछि कृषकहरु समेत खुसि भएका छन । अष्ट्रेलियलाई बोयरको प्रजन्न केन्द्रका रुपमा मान्ने गरीन्छ बेलबारीमा ब्याबसायिक बाख्रा पालन गर्दै आएका किसान राजन गोर्खालिले भने यसले आय आर्जनमा ठुलो राहत मिल्ने छ ।

माछा दुध तथा अन्डामा आत्म निर्भर भइसकेको नगरपालिकाले मासुमा समेत आत्म निर्भर बनाउने जनाएको छ । निशेधाज्ञाको सयमा भिडभाड बढ्ने भएपछि नगरपालिकाले समुह तथा फर्ममा लगरे पाठा पाठि छोडिदिएको छ ।