युरोकपमा फिनल्यान्डको ऐतिहासिक जित दर्ता गरेको छ । युरोकपमा पहिलो पटक सहभागिता जनाएको फिनल्यान्डले पहिलो जित निकाल्न सफल भएको हो ।

शनिबार राति डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

पार्केन स्टेडियममा भएको खेलमा फिनल्यान्डको जितमा जोएल पोहनपालोले निर्णायक गोल गरे । पहिलो हाफमा दुबै टोली गोलरहित बारबरीमा रोकिएका थिए । खेलको ५९ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ७४ औं मिनेटमा डेनमार्कका पिएरे इमिल पेनाल्टीमा गोल गर्न चुकेको थिए । 

जितसँगै समूह बी को फिनल्यान्डले ३ अंक जोडेको छ । यता, डेनमार्कले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।