बेलबारी / मोरङ्गको बेलबारी नगरपालिकाको गेटमा सोमबार मध्यान्ह बेलबारीका सचेत युवाहरुको समुहले बाख्रासहित प्रर्दशन गरेका छन्।
दुई साताअघि बेलबारी नगरपालिकाले किसानहरुलाई अष्ट्रेलियाबाट चार्टर गरी ल्याएर फुल ब्लड बोयर जातको बाख्रा बितरण गरेको भन्दै किसानहरुको आँखामा छारो हालेको र १ करोड बढी नगरपालिकाले भ्रष्टचार गरेको भन्दै सचेत युवाहरुले दवाबमुलक कार्यक्रमका रुपमा प्ले कार्ड झुण्डाईएका बोकासहित प्रर्दशन गरेका हुन् ।
युवाहरुको समुहले आईतबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलय ईटहरीमा सोही बिषयमा उजुरी समेत गरेका छन । नबलपरासीबाट बाख्रा ल्याएर अष्ट्रेलियन बोयर भन्दै किसानको आँखामा छारो हाली भ्रष्टचार गरेको भन्दै यतिबेला बेलबारी नगरपालिकाको चौतर्फी आलोचना भईरहेको छ ।
हामी बिदेशी बोका होईनौँ नेपाली बोका हौँ, हाम्रो घर नवलपराजी हो, हामीलाई बिदेशी भन्न पाईन्न,हामी जहाज चढेर आएका होईनौँ, बिदेशी भनेर हाम्रो बेईज्जत नहोस,लगायतका दर्जनौ नाराहरु लेखिएका प्ले कार्ड झुण्डाईएका बोकासहित प्रर्दशन गरिएको हो ।

बेलबारीका सुजित बस्नेत,खेम गौतम,रिक्त गुरुंग,कमल सुब्बा,बिशाल थापा, ऐश्वर्यप्रसाद आचार्य (बिपिन) लगायतका युवाहरुको नेतृत्वमा दर्जनौ युवाहरु बिरोध प्रर्दशनसहित नगरपालिका पुगेका थिए । अबिरल बर्षाका बिच पनि उनीहरुले बोकासहित प्रर्दशन गरेका हुन् ।