धरान । कोपा अमेरिकाअन्तर्गत अर्जेन्टिना र चिलीबीचको खेल बराबरीमा रोकिएको छ । दुवै देशले अंक बाडेका छन् । 

स्पेनको बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनी फरवर्ड ३३ वर्षीय लियोनल मेसीले पहिलो हाफको ३३ मिनेटमा गोल गर्दै अग्रता कायम गरेका थिए । तर, उनको अग्रतालाई दोस्रो हाफको ५७ मिनेटमा चिलीका अड्युराडो भर्गासले गोल गर्दै बराबरी खेले । अर्जेन्टिनलाई स्पष्ट तीन अंक दिने उद्देश्यका साथ मैदानमा उत्रिएका मेसीको सपनालाई चिलीका खेलाडीले साकार हुन दिएनन् । 

दक्षिणी अमेरिकामा ब्राजिल, अर्जेन्टिना, चिली, उरुग्वे, पराग्वे, कोलम्बियालाई दाबेदार देशको रूपमा लिइन्छ । चिलीका अट्युरो भिडाललाई डिबक्समा लडाएपछि पाएको पेनाल्टी क्रसबारमा लागेर फर्किएको बललाई भर्गासले हेडमार्फत् गोलमा परिणत गरे । 

मेसीले फ्रिकिकमार्फत् गोल गरेका थिए । उनको यो ७३ औं अन्तर्राष्ट्रिय गोल हो । कोपा अमेरिकाको यो ४७ औं संस्करण हो । खेल हुनुपूर्व अर्जेन्टिनी प्लेयर डिएगो म्याडोनाले सन् १९८६ मा उचालेको विश्वकपको दृश्य देखाइएको थियो । म्याडोना गत वर्ष ६० वर्षको उमेरमा निधन भएको थियो । उनी महान फुटबलरको रूपमा चिनिन्छन् ।