विराटनगर / प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश ल्याएको थियो । तर आगामी आर्थिक वर्षका लागि आठ अर्ब घटाएर बजेट प्रस्तुत गरेको हो ।

मन्त्री आङ्बुहाङ्ले चालु तर्फ १४ अर्ब १६ करोड १५ लाख र पूजिगत तर्फ १५ अर्ब ५ करोड ३५ लाख बजेट विनियोजन गरेको बताए ।

शिक्षामा १ अर्ब १९ करोड

उनले बजेट वक्तव्यका क्रममा समग्र शिक्षा क्षेत्रको लागि रु १ अर्व १९ करोड बजेट बिनियोजन गरेको बताए । साथै उनले आगामी आर्थिक वर्षमा सबै विद्यालयहरुमा स्काउट गठन गरिने तथा प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना गरिने र क्रमशः विद्युतीय पुस्तकालयको रुपमा रुपान्तरण गरिने बताए । मुख्यमन्त्री विद्यालय सुधार योजना अन्तर्गत विद्यालयको सधार गर्न रु २३ करोड छुट्याइएको जानकारी गराए ।

त्यस्तै, स्वास्थ्य क्षेत्रका लागि रु ३ अर्व २५ करोड बजेट छ्ट्याएको जानकारी दिएका छन् । साथै समग्र पर्यटन क्षेत्रको बिकासको लागि रु ८३ करोड ३८ लाख विनियोजन गरेको जानकारी दिए ।