वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्षमा २८ वटा विभिन्न भवहरु निर्माण गरेको छ । १० हजार ६ सय ५ मिटर कालोपत्रे सडक निर्माण पूरा गरेको छ भने २ हजार ३ सय ७५ मिटर निर्माणाधीन अवस्थामा रहेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा १३ हजार ७ सय २४ मिटर ड्रेन निर्माण गरेको छ । कल्भर्ट ४४ वटा र ट्रस ब्रिज ३ वटा निर्माण सम्पन्न गरेको छ ।
सो अवधिमा वराहक्षेत्र नगरपालिकाका वडा नं. १, ३, ४, ५, ७ र ८ नम्बर वडाका कार्यालय भवन निर्माण गरेको छ । ३, ४, ८ र ९ नम्बर वडामा आधारभूत स्वास्थ्य केन्द्रका नयाँ भवन निर्माण भएका छन् ।
यस अवधिमा वराहक्षेत्र नगरले व्यापारिक सटर, प्रशासनिक भवन, कृषि ल्याब, सेफहाउस, आदिवासी जनजाति भवन, अनाथ महिला सेवा आश्रम, कबर्ड हल, कोल्डस्टोर, जिम हल, क्याम्पस भवनलगायतका २८ वटा भवन निर्माण सम्पन्न गरेको नगर प्रमुख निलम खनालले जानकारी दिए ।
चालु आर्थिक वर्षमा १० किलोमिटर बढी निर्माण सम्पन्न गरेको कालोपत्रे सडकका १० वटा योजना पूरा भएको छन् भने ४ वटा योजना निर्माणाधीन छन् ।
ड्रेन र कल्भर्टका ३६ वटा योजना सोही अवधिमा सम्पन्न गरेको नगरले १३ किलोमिटर बढी ड्रेन र कल्भर्ट निर्माण गरेको छ ।