मैलुङ खोला जलविद्युत् कम्पनीले  सर्वसाधारणकाे लागी  बिक्री गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज  बाँडफाँड भएको छ । 

 साउन १४ देखि  कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहने ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गरेको हो।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदनमा २ हजार ८४३ जनाको आवेदन रद्द भएकाे थियाे ।  २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत आवेदक मध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर पाएका छन् भने ६जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्रप्त गरेका छन् ।

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।