इनरुवा । संक्रमण बढेको निष्कर्शमा पुगेको सुनसरी प्रशासनले धरान उपमहानगरपालिका क्षेत्र लकडाउनको तयारी थालेको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सो सम्वन्धमा भोलि बस्ने डीसीसीएमसीको बैठकले निर्णय लिने बताए । 

प्रजिअ ढकालका अनुसार संक्रमण दर बढ्दै जाँदा सर्वसाधारणबाट समेत लकडाउनको माग हुन थालेको छ । त्यसका साथै धरान उपमहानगरपालिका समेत निषेधाज्ञा कडाई गर्नु पर्ने पक्षमा देखिएकाले भोलिको बैठकले लक डाउन सम्वन्धि निर्णय लिने सम्भावना रहेको ढकालले बताए । 

सुनसरी प्रशासनले दिएको जानकारी अनुसार संक्रमणको पछिल्लो अवस्था र कडाई सम्वन्धमा धरानमा भोलि बैठक डाकिएको छ । उपमहानगरपालिका र सरोकारवालाबिचको बैठक पश्चात आएका सुझावका आधारमा डीसीसीएमसीले आवश्यक निर्णय लिने प्रशासनले जनाएको छ ।