सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सिरहा शाखाले जीवन बीमा गराएका स्व.इन्द्र देव महतोको परिवारलाई ७ लाख ६७ हजार ९ सय ४२ रुपैया मुत्यु दाबी भुक्तानी गरेको छ ।
बिष्णुपुर गाउँपालिका ५ निवासी स्व. इन्द्र देव महताको परिवारलाई ७ लाख ६७ हजार ९ सय ४२ रुपैया रुपैयाँ हस्तान्तरण गरेको हाे ।
उक्त मृत्यु दाबी रकम बीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सिरहा शाखाका प्रमुख पूर्ण कुमार कर्णले मृतकको श्रीमती द्रोपती देवी महतोलाई चेक प्रदान गरेका थिए । बिमा बापतकाे रमक पाएपछि श्रीमानको मृत्युले थपिएकाे जिम्मेवारी पुरा गर्न मद्दत पुग्ने श्रीमती द्रोपतीले बताइन् ।
उनले श्रीमानको मृत्युपछि के गर्ने भन्ने अन्याेल छाइरहेकाे बेला बिमा रकमले परिवारमा आर्थिक रुपमा केही सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।
