धरान ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामाको छलफल मेयर तिलक राईको अध्यक्षतामा भएपछि उपमेयर मञ्जु भण्डारी  ( सुवेदी ) रिसाएकी छिन्। 

आज  दिउँसो  १ बजे धरान उपमहानगरपालिकामा मेयर राईको अध्यक्षतामा  भएको ‘राष्ट्रिय उपमेयर कप फुटबल’को  छलफलमा  आफू साग सम्बन्धित भएको तर, आफूलाई  जानकारी नै  नगरि मेयरले छलफल गरेको भन्दै उपमेयर भण्डारी रिसाएकी हुन्। 

उनले भनिन ‘  नगरपालिका मेयरको मात्र हैनन् नी  ? जुनसुकै कुरा मेयरले होस् वा मैले  सबै  छलफल समन्वयन गरेर गर्नु पर्छ , देउवाको सरकार आएको छ  भन्दैमा जे गर्दा पनि हुन्छ ?  मैले त कुनै कार्य गर्दा  पनि मेयरको ठाउँ मिचेकी छैन् । ’ 

भण्डारीले भनिन् 'धरान उपमहानगरपालिकाको खेलकुद समिति प्रमुख तथा कार्यापालिका सदस्य सुवास राईको मृत्यु भएको  छ । खेलकुद समितिका अन्य कर्मचारीलाई पनि जानकारी नै नगरि मेयरले आज सो निर्णय  एक्लै  गर्नु भए छ  तर, यो मान्य हुने कार्य हैन्। संचारकर्मीहरुले फोन गर्दा मात्र मैले नगरपालिकाको सो छलफलबारे जानकारी पाएकी हु । ' 

 यस विषयमा मेयर राईले छलफलमा भने कसलाई बोलायो के गर्यो भन्ने सँग  सो छलफल सरोकार नभएको  बताउँदै निर्णय भए पछि  सबै कुरा सकिएको  उल्लेख गरे । 

आउने कात्तिक महिनामा प्रदेश नं १ कै विराट नगर वा धरानमा आयोजना हुन लागेको ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा  उपमहानगरपालिकाले पनि धरानबाट महिला फुटबल टिमलाई सहभागिता गराउने  एक्लो निर्णय मेयर राईले  गरेका हुन्। 

  छलफल पश्चात मेयर राईले महिला खेलाडीहरुलाई चार थान फुटबल पनि हस्तान्तरण गरेका थिए  ।  महिला फुटबलको २  टिमलाई प्रशिक्षणको समयमा  लाग्ने खर्च उपमहानगरले गर्ने भएको छ। 

महिला फुटबल टिमका प्रशिक्षक भगवती राना मगरले महिला फुटबल खेलाडीहरुलाई प्रशिक्षण दिने छिन्।