सबैको नजर लियोनेल मेस्सीमा थियो । फ्रान्सेली लिग वानमा रेइम्सविरुद्ध पेरिस सेन्ट जर्मेन (पीएसजी) मैदानमा उत्रिएको थियो । यहाँसम्म रेइम्सका प्रशंसक पनि उनैको नाम जपिरहेका देखिन्थे । बार्सिलोनाका यी लेजेन्डलाई पीएसजीमा जम्न समय लाग्ला तर २४ मिनेटको यो ‘केमियो’ मा पनि उनको स्पष्ट प्रभाव देखिन्थ्यो ।
डेलीमेल लेख्छः यो फुच्चे (द लिटल मेन) जसलाई हेर्न विश्व आएको थियो । जो पर्खालमा अडिएको थियो । आफ्नो औंलाको चारैतर्फ निलो र रातो रङ्गको मुकुण्डो घुमाइरहेको थियो । पहिलो नजरमा, तपाईंले सोच्नु भयो होला ऊ पूर्ण रुपमा सहज छ ।
‘किक अफ’ अगाडि ती तनावपूर्ण क्षणमा, यद्यपि लियोनेल मेस्सीले आफ्ना ओठहरुलाई आपसमा घर्षण गराउँदै, घरी मुखभित्र हुल्दै गरेको देखिन्थ्यो । यो सोचनीय विषय थियो, जब ऊ जियानलुइगी डानारुम्मास्थित हकिङ फिगरको पछि बसेको थियो । लाग्थ्यो ऊ कसैको आड खोजिरहेको छ ।
२१ हजार क्षमता भएको रंगशाला भरिभराउ थियो । आइतबार राति फ्रान्सेली लिग वानमा लियोनल मेस्सीको खेल हेर्न दर्शक खचाखच थिए ।
मेस्सीको डेब्यु हेर्ने आएकाले आफूलाई भाग्यमानी माने । २१ हजार दर्शकमध्ये अधिकांस रेइम्सकै समर्थक थिए, तर तिनीहरू पनि मेस्सीलाई हेर्न आएका थिए ।
‘अर्जेन्टिनी जादुगर’ मेस्सी ६६ औं मिनेटमा मैदानमा प्रवेश गर्दा सबैमा उत्साह देखिएको थियो । अर्का नायक नेयमारको स्थानमा मैदानमा प्रवेश गरेका मेस्सी पीएसजी डेब्युमा ओठहरु टोकिरहेका देखिन्थे ।
खेलमा पीएसजीले २–० को अपेक्षित जित दर्ता गर्यो । स्टार केयलिन एमबापे नायक थिए । तर अब मेस्सीको प्रवेश उनका लागि पनि असुरक्षित हुन सक्छ । मेस्सीको प्रवेश फ्रान्सेली फुटबलकै लागि ठूलो उपलब्धीका रुपमा हेरिएको छ । विश्व फुटबलका सर्वकालीन महान खेलाडीको पिएसजी प्रवेशले फ्रान्सेली फुटबल राम्रो हुने अपेक्षा गरिएको छ ।
डेली मेल लेख्छः यो डेब्युमा खाता खोल्ने विषयमा मेस्सीको कुनै स्वप्निल शुरुआत हुने छैन । उनलाई रेइम्सका गोलकिपर पेड्राग राजकोविचलाई परीक्षण गर्ने मौकासमेत प्राप्त भएन र उनी स्पष्ट रुपमा चरम स्थितिबाट पनि किनै कम देखिन्छन् । तर यसले मेस्सी स्वयम्लाई निदाउन भने दिने छैन ।
यहाँ जे महत्वपूर्ण थियो बस् प्राप्त गर्ने अवसर थियो । एक सलामी बल्लेबाजसँग चाहे जति पनि शतक होस्, ऊ आफ्नो आगामी पारीमा सधैं नै गज्जबको महसुस गर्न चाहान्छ ।