धरान । टोल स्तरीय दोस्रो वडाध्यक्ष रनिङ कपको उपाधि नारायणपुरको टिमले जितेको छ । 

धरान–१४ नम्बर वडा कार्यालयको आयोजनामा सोमबार सम्पन्न फाइनलमा गैरीगाउँको टिमलाई १–० गोलले हराउँदै उपाधि रक्षा गरेको हो । उपाधिसँगै नगद ३० हजार रुपैयाँसहित ट्रफी पाएको छ । त्यस्तै उपविजेताले नगद २० हजार रुपैयाँ पाएको छ । 

football1

तस्बिर सौजन्यः समित श्रेष्ठ

खेलमा विशाल राईले निर्णायक गोल गर्दै टिमलाई जिताए । फाइलन खेलको म्यान अफ दी म्याच नारायणपुरका सरोज राई घोषित हुँदै नगद २ हजार रुपैयाँसहित ट्रफी पाए । विजेताहरूलाई धरान–१४ का वडाध्यक्ष कृष्ण भट्टराई, सदस्य मञ्जिल कसजुलगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा कुल ७ वटा टोलबीच प्रतिस्पर्धा भएको थियो ।