नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिएकाे बताएका छन् ।
उनले अघिल्ला बक्ता राप्रपाका अध्यक्ष ।रालेन्द्र लिङ्देनलाई जवाफ दिँदै प्रचण्डले भने ‘अघि एक जना नेताले भन्नुभयो– नेता आयो भने चोर आयो भन्छन्’, उनले भने, राजनीतिक दल र तिनका नेतालाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिन्छ ।’
उनले आन्दोलन र सडकमा रहँदा जनतामाझ गरिएको वाचा पूरा गर्न सत्तामा पुगेका बेला बिर्सिने राजनीतिक परिपाटीको समीक्षा गर्नुपर्ने बताएएका छन् ।
अध्यक्ष दाहालले कुनै पनि पार्टीले एक्लै हिड्ने प्रयत्न गरे अहंकार मात्रै हुने बताएका छन् ।