वराहक्षेत्र चतराको हाटखोला जारी प्रथम बराह च्यालेन्ज कप फुटबल प्रतियोगिताको सोमबार भएको क्वाटर फाइनल खेल जित्दै आयोजक हाटखोला फुटबल क्लब रातो सेमिफाइनलमा प्रवेश गरेको छ । पञ्चायन फुटबल क्लब बक्लैरी लाई ०–१ गोल ले हराउँदै आयोजक सेमिफाइनलको यात्रा तय गरेको हो । आयोजकले २९ गते हुने पहिलो सेमिफाइनलमा सप्तकोसी फुटबल क्लब सङ्ग भिड्ने प्रतियोगिताको संयोजक रोशन श्रेष्ठले बताए ।
पहिलो मध्यान्तर सम्म बराबर बनेको खेलमा खेल सकिन १० मिनेट बाकी रहदा आयोजक रातोका अमन घिसिङ ले निर्णायक १ गोल गरी टिम लाई सेमी फाइनलमा स्थान सुनिश्चित गरेका थिए । म्यान अफ द म्याच अमन घिसिङलाई हिमालयन इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य आलोक श्रेष्ठले नगद २ हजार र ट्रफी प्रदान गरेका थिए ।
बाइसबिघे खेल मैदान मा भइरहेको फुटबल को मंगलबार हुने अन्तिम क्वाटर फाइनल खेल मा ग्रिन कल्चर फुटबल क्लब र पट्नाली फुटबल भिड्ने आयोजक ले बताएको छ ।