नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सम्पन्न निर्वाचनमा महामन्त्रीमा उम्मेदवारी दिएका रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिने भएका छन् । प्ररम्भिक मत परिणाममै परेपछि रिजालले राजीना दिने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमा फेसबुक मार्फत उनलले उक्त घोषणा गर्दै भनेका छन् "नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।"
पछिल्लो मत परिणाम अनुसार ३२२० मतगणना हुँदा रिजालले ५६६ प्राप्त गरेर चौथो स्थानमा रहेका छन् । महामन्त्रीमा हालसम्म गगन थापाले अग्रता कायम राख्दै २१०१ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माको १२८७ मत छ । प्रकाशशरण महत १०६१ मतका साथ तेस्रो स्थानमा छन् । सबै भन्दा कम मत पाएका राजाराम कार्कीले हालसम्म ७५ मत मात्र प्रप्त गरेका छन् ।