धरान । सूर्य नेपाल इस्र्टन ओपन गल्फ टुरको दोस्रो संस्करण आज (सोमबार) बाट धरानको गल्फ क्लबको कोर्षमा सुरु हुँदै छ ।
सूर्य नेपाल प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा ३० व्यवसायिक र १८ एमेच्योर गल्फरबीच प्रतिस्पर्धा हुन लागेको आयोजक नेपाल गल्फ एसोशिएसनले जनाएको छ । कुल ५४ होलको खेलमा दोस्रो दिन अंक तालिकाअनुसार २१ व्यवसायिक र ६ जना एमेच्योर खेलाडीले मात्रै तेस्रो दिनका लागि खेल्न पाउनेछन् ।
प्रतियोगिता विजेताले नगद १ लाख ३५ हजार, दोस्रोले ८८ हजार, तेस्रोले ६५ हजार र अन्यले अंक तालिकाअनुसार नगद पुरस्कार पाउनेछन् । यता एमेच्योर गल्फरले भने नगद पुरस्कार पाउने छैन । कुल ७ लाख ७५ हजार रुपैयाँ राशिको प्रतियोगितामा धरानका शुक्रबहादुर राई, मनि राईलगायत भूवन नगरकोटी, सञ्जय लामा, धन थापालगायत खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । अन्तिम दिन प्रो–एम खेल हुनेछ ।