डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजनामा संपन्न दोस्रो अशोक स्मृति बास्केटवलको चौथो दिनको खेलमा व्रदस, हाम्रो कलेक्सन, यलम्वर र तरहरा बास्केटवल टिम विजयी भएका छन ।

बुधबार भएको खेलमा ब्रदसले विर्तामोडलाई ७२–४६, हाम्रो कलेक्सनलले होराइजनलाई ५६–४०, यलम्बरल युवा जार्गतिलाई ५२–३० अंकले पराजित गरेको थियो । तरहरा र मिराकलले भने निर्धारित समयमा ५२–५२ बराबर अंक जोडे पछि थप गरिएको ५ मिनट समयको दुइ क्वाटरमा ७२–६९ अंक अन्तरले तरहरा विजयी भएको थियो ।  

 चौथो दिनको पहिलो खेलमा व्रदस र विर्तामोडले प्रत्येक क्वाटरमा २३–८, १९–१०, १६–१७ र १४–११ , दोस्रो हाम्रो कलेक्सनले होराइजनलाई १६–९, ५–७, २१–६ र १४–१८ अंक जोडेका थिए । त्यस्तै गरि तेस्रो खेलमा यलम्वर युवा जागृतिले १२–८, १७–१३, १२–५ र ११–१० जोडेको थियो ।

चौथो खेलमा भने हाम्रो कलेक्सन र यलम्वरले १२–२, १८–११, १२–६ र १५–११ अंक र तरहरा र मिराकलले १२–१२, ११–१४, १९–२०, १०–६ थप समयमा १०–१० र १०–७ अंक जोडेका थिए । पहिलो खेलमा विर्तामोडका जेनिस सिंहले २७, हाम्रो कलेक्सनका हेमन्त राईले २६, तेस्रो खेलमा यलम्वरको दिवस राईले १९ र चौथो खेलमा तरहराका सन्दिप श्रेष्ठले २२ अंक व्यक्तिगत जोडेका थिए ।

लिगकम नकआउटमा संपन्न हुने प्रतियोगिताको पाचौ दिन बिहिबार बेलबारी र तरहरा, आयोजक डायनामिक र यलम्वर विच प्रतिश्पर्धा हुनेछ । त्यस्तै गरि सोहि साझ मिराकल र विर्तामोड र हाम्रो कलेक्सन र यलम्वरले प्रतिश्पर्धा गर्नेछ ।

प्रतियोगितामा प्रविधिक सहयोग धरान र सुनसरी बास्केटवल संघको रहेको छ । प्रतियोगिताको संपुर्ण खेल विपि प्रतिष्ठानको बास्केटवल कोर्टमा संपन्न हुनेछ ।