डायनामिक युथ क्लव, विपि प्रतिष्ठानको आयोजनामा संपन्न दोस्रो अशोक स्मृति बास्केटवल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको सेमिफाइनलमा व्रदस टिम र हाम्रो कलेक्सन संगै तरहरा र यलम्वर विहिवार भएको खेलमा जित निकाल्दै सेमिफाइनमा स्थान पक्का गर्न सफल भएका छन ।
लिग कम नकआउटको आधारमा संचालित प्रतियोगितामा व्रदस टिम र हाम्रो कलेक्सन भने आफ्नाे पोल वाट शतप्रतिशत नतिजा निकाल्दै अघिल्लो दिन नै सेमिफाइनल प्रवेश गरेका थिए । विहिवार भएको खेलमा भने तरहराले वेलवारीलाई ५३–२९, विर्तामोडले मिराकललाई ४६–४०, हाम्रो कलेक्सनले युवा जागृतिलाई ६३–३३ र यलम्वरले आयोजक डायनामिक युथ क्लवलाई ४६–४३ अंकले पराजित गरेका थिए ।
प्रतियोगिताको पाचौ दिनको पहिलो खेलमा तरहरा र वेलवारीले प्रत्येक क्वाटरमा १६–४, ११–१२, १९–१० र १२–१३ र दोस्रोमा विर्तामोड र मिराकलले ८–८, ११–१५, १०–११ र १७–६ अंक जोडेका थिए । त्यस्तै गरि तेस्रो क्वाटर फाइनल खेलमा हाम्रो कलेक्सन र युवा जागृतिले २१–६, १६–७, १४–१२ र १२–८ र चौथो खेलमा यलम्वर र अयोजक डायनामिकले १०–८, ११–१०, ४–१० र २१–१५ अंक जोडेका थिए । पहिलो खेलमा तरहराका अस्मिल राईले १८ व्याक्तिगत अंक दोस्रो खेलमा विर्तामोडका जेनिस सिंहले १५, तेस्रो खेलमा हाम्रो कलेक्सनका विवेक श्रेष्ठले २० र चौथो खेलमा यलम्वरका दिवस राईले १८ व्यक्तिगत अंक जोडेका थिए ।
आज देखि सुरु हुने सेमिफाइनल खेल भने होम एण्ड अवेको आधारमा वेस्ट अफ थी्र खेलाइनेछ । तिन खेलमा जुन टिमले दुई म्याच जित्नेछ सो टिम फाइनल प्रवेश गर्नेछन । सेमिफाइनलमा यलम्वर र व्रदस त्यस्तै गरि अर्को पोलमा हाम्रो कलेक्सन र तरहराले प्रतिश्पर्धा गर्नेछ । प्रतियोगितामा प्रविधिक सहयोग धरान र सुनसरी बास्केटवल संघको रहेको छ । प्रतियोगिताको फाइनल खेल भने विपि प्रतिष्ठानको बास्केटवल कोर्टमा संपन्न हुनेछ ।