पथरी । १ नम्बर प्रदेशमै उत्कृष्ट डोजाङको पुरस्कार प्राप्त गरेको कानेपोखरी आइटिएफ तेक्वान्दो डोजाङले प्रदेश १ आइटिएफ तेक्वान्दो प्रतियोगितामा ८ जनाले टाइटल जित्न सफल भएको छ ।
फागुन २७ र २८ गते बेलबारी नगरपालिकास्थित डाँगीहाटमा आयोजित प्रतियोगितामा २ वटा प्रथम, ५ वटा द्वितीय र १ तृतीय स्थान जित्न सफल भएको हो ।
सोमबार कानेपोखरी आइटिएफ तेक्वान्दो डोजाङले एक कार्यक्रमको आयोजना गरी प्रमाण–पत्र र मेडल प्रदान गर्दै सम्मान गरेको थियो । गाउँपालिका प्रवक्ता तथा वडानम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकी, वडानम्बर ६ का वडाध्यक्ष खड्ग बस्नेतलगायतले सम्मान गरेका थिए ।
डाँगीहाट आइटिएफ टेक्वान्दो सङ्घ बेलबारीको आयोजनामा भएको प्रतियोगितामा २०–२५ केजी तौल समूहका एकल स्पायरिङ प्रथममा ममता आचार्य, एकल प्याटन (ग्रिन बेल्ट) प्रथममा आर्यन राई, २५–३० केजी तौल समूहका एकल स्पायरिङ द्वितीय प्रज्वल सेन्चुरी, ३०–३५ केजी तौल समूहका एकल स्पायरिङ (महिला) द्वितीय विनिशा धिमाल र देविन राई, ४४–५० केजी तौल समूहका एकल स्पायरिङ (महिला) द्वितीय इन्दिरा थापा र एकल प्याटन (ग्रिन बेल्ट) द्वितीय विनिशा धिमाल र ४०–४५ केजी तौल समूहका एकल स्पायरिङ तृतीय स्थान आशिष भुजेलले जितेका छन् । उनीहरूले मेडल र प्रमाण–पत्र पाएको मोरङ आइटिएफ तेक्वान्दो डोजाङ सङ्घका अध्यक्ष युवराज भुजेलले बताए ।