धरान । प्रेस युनियन रामधुनी कार्यसमितिलाई पूर्णता दिइएको छ ।
युनियन सुनसरीको पहलमा बसेको समितिको संयोजकमा विनोद आचार्य चयन भएका छन् । समितिको सहसंयोजकमा सुमन भट्टराई, सचिवमा हेमन्त चौधरी, सहसचिव सरोज राउत र कोषाध्यक्षमा होमकुमारी चौधरी चयन भएका छन् । यसैगरी सदस्यहरूमा मानिस चौधरी, मान्यता साह, कृष्ण सरदार, रेनु राई , हिना चौधरी, सङ्गीत चौधरी, भूपाल खतिवडा, निसान राई, ज्वती पोखरेल, विजय राई, एलएन गच्छदार र रविन राउत चयन भए ।
यस्तै सल्लाहकारमा रामकुमार कटुवाल, सुनिल चौधरी, धिरेन्द्र चौधरी, कमला चौधरी, रामन्द चौधरी रहेको युनियन सुनसरीका सभापति पवन अधिकारीले जानकारी दिए ।