धनकुटा । जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं.६ मा सुमो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी साँगुरीगढी गाउँपालिका वडा नं.७ घर भएकी वर्ष १९ कि श्रेया राईको मृत्यु भएको छ ।
मंगलबार राती ९ बजेको समयमा साँगुरीगढी गाउँपालिकाको भेडेटारवाट गोलखाडी तर्फ जाँदै गढी नजिकै मे.१ ज. २१६२ नम्वरको सुमो दुर्घटना भएको थियो । दुर्घटना हुँदा सुमा रहेकी वर्ष १९ कि श्रेया राई गम्भिर घाईते थिईन ।
धरान स्थित् विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राईको मंगलवार राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका ट्रफिक हवल्दार दिपक खड्काले बताए । सुमो चालक र सुमोलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको खड्काले बताए ।
चालक धनकुटा नगरपालिका वडा नं.२ घर भएका सत्यलाल राई रहेका छन् । सूमो अनियन्त्रित भएर दुर्घटना भएको हो या ब्रेक फेल भएर भएको हो भन्नेवारे घट्नाको गहिरो अनुशन्धान भैरहेको बताईएको छ ।