विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ४ नंं. वडा कार्यालयको नयाँ भवन निर्माणमा चरम बेथीति देखिएको छ । ठेकेदार कम्पनीले मापदण्ड बिपरीत गुणस्तरहिन काम गरेको भन्दै स्थानियले विरोध गरेका छन् ।

भवन निर्माणमा कमसल कच्चा पदार्थको बढी प्रयोग गर्नुको साथै वालमा तीन नम्बर इट्टा प्रयोग गरेका कारणले समस्या देखिएको स्थानियले बताए । ‘सम्झौतामा १ नं. इट्टा प्रयोग गरिनुपर्ने तोकिएको छ ।

तर, ठेक्केदारले अहिले ३ नं. इट्टा धमाधम झारेर निर्माणमा प्रयोग गर्दै आएको छ । स्थानियले खबरदारी गरेपछि अहिले निर्माणकार्य रोकेका हौं,’ स्थानिय बुढीगंगा ४ का नुर मोहोमदले भने, ‘गुणस्तरहिन काम भएको पाइएपछि निर्माण कार्य रोकेर छानविनको माग गरेका छौं ।’

वडा कार्यालयको भवन गुणस्तरीय हुनुपर्ने र स्टिमेटमा उल्लेख भएअनुसारको काम हुनुपर्ने माग राख्दै आइतबार स्थानियले प्रर्दशन गरेका छन् । ‘वडाको नयाँ भवन निर्माणमा तीन नम्बर इट्टा हालेर धमाधम भवन बनाउँदा गाउँपालिका र वडाका कार्यालयका जनप्रतिनधीहरू चुप लागेपछि बसेपछि हामी विरोधमा उत्रिएका हौं,’ उनले भने, ‘कमसल सामाग्री प्रयोग गरेको कारणले बनिसकेको वाल भत्किन र छट चर्किन थालेको छ ।’

निर्माण कम्पनीले पाँच टिफर भन्दा बढी तीन नम्बर इट्टा निर्माण स्थलमा झारेको स्थानिय बताउँछन् । ‘तीन नम्बर इट्टा फिर्ता लगेर १ नम्बर इट्टा नझारेसम्म निर्माण कार्यमा अवरोध गर्नेछौ,’ उनले भने, ‘गुणस्तरीय काम नभएसम्म हामी यसरी खबरदारी निरन्तर गर्नेछौं ।’

स्टिमेट अनुसार एक एक बोरा सिमेन्टमा चार तगारि बालुवा हानुपर्ने उल्लेख छ । तर, यहाँ एक बोरा सिमेन्टमा ६ देखि ८ तगारी बालुवा हालेको पाइएको छ । त्यही भएर अहिले छट ढलाइ चर्किन थालेको बुढीगंगा ४ का श्यामलाल मmाभीले बताए ।

सिढीमा प्रयोग गरेको रड पनि मापदण्ड अनुसारको नहालेको स्थानियको भनाई छ । स्टिमेटमा १० देखि १२ सुताको रड प्रयोग गरिनुपर्ने उल्लेख छ । सिढीमा ४ सुताको हालेको पाइएको छ,’ उनले भने, ‘भवन निर्माणमा भइरहेको कामको गाउँपालिकाले प्राविधक राखेर छानविन गरिनुपर्नेछ ।’  लापरवाहीपूर्ण काम गर्ने ठेक्केदार कम्पनी र गुणस्तरहिन निर्माणमा मिलेमेतामा संलग्न हुनेलाई कारवाही गरिनुपर्ने माग राख्दै यहाँका स्थानियले दिनभरी वडा कार्यालय अगाडी प्रर्दशन गरे ।

६ महिना अगाडी गाउँपालिकालले पारस कन्ट्रक्सन दुहबीलाई ७० लाख रुपैयाँमा ठेक्का दिएको थियो । २ कठ्ठा क्षेत्रफलमा दुइ तलाको वडा कार्यालयको नयाँ भवन बन्दैछ । अहिले छट ढलाइ भएर काम हुदै आएको छ ।

बुढीगंगा गाउँपालिका ४ का वडाअध्यक्ष कासिम मियाँले तीन नम्बर इट्टा झारेर ठेक्केदार कम्पनीले काम गरेको पाइएपछि हामीलले तत्काल १ नम्बर इट्टा झारेर गुणस्तरीय काम गर्न निर्देशन दिएका बताए । ‘गाउँपालिका प्राविधिक ल्याएर १ नम्बर इट्टा हाल्नुपर्नेमा तीन नम्बर प्रयोग गरेको पाइएपछि सम्झौता अनुसार काम गर्न भनेका थियौं,’ उनले भने, ‘तर, ठेक्केदारले गरेको छैन  रहेछ ।

गुणस्तरहीन काम गरेको पाइए बजेट रोक्का गर्न गाउँपालिकालाई पत्रचार गर्नेछौं ।’

गाउँपालिकाका इन्जिनियर रितेस यादवले पनि सम्झौता विपरित ठेक्केदारले तीन नम्बर इट्टा प्रयोग गरेको पाइएपछि फिर्ता लगेर एक नम्बर इट्टाको प्रयोग गर्न निर्देशन दिएको बताए । यता पारस कन्ट्रक्सनका संचालक दिपेश चौधरीले उद्योगको कम्जोरीले मिस्टेकलले तीन नम्बर इट्टा आएको बताए । ‘हामीले १ नम्बर इट्टा मगाएका थियौ । तर, कम्पनीले तीन नम्बर इट्टा पठाएछ,’ उनले भने, ।