धरान । प्रेस युनियन सुनसरीको भवनका लागि नेपाली काङ्ग्रेसका नेता रोहित प्रसाईंले जग्गा प्रदान गरेका छन् ।

सोमबार एक कार्यक्रमका बीच इटहरी-१७ को साढे ६ धुर जग्गाको धनीपुर्जा युनियनको नाममा नामसारी गरिदिएका हुन् । युनियनका सभापति पवन अधिकारीलाई धनीपुर्जाको प्रमाण पत्र हस्तान्तरण गरे ।

प्रसाईंले आफ्ना आमाबुबाको स्मृतिमा जग्गा प्रदान गरेका हुन् । सभापति अधिकारीले भवनका लागि प्राप्त जग्गामा चाँडै भवन निर्माण गरिने जानकारी दिए । प्रसाईंले भवन निर्माणका लागि थप सहयोग गर्न आफू तयार रहेको बताए ।

सभापति अधिकारीले नक्साको काम थालिएको बताए । यसका लागि विभिन्न सङ्घसंस्थाले सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । यसैबीच प्रेस युनियनका पूर्व केन्द्रीय सभापति समीरजङ्ग साहसँग पनि भेटघाट गरेका छन् ।

उक्त कार्यक्रममा साह र नेपाल टेलिभिजन इटहरीका प्रमुख पुष्पहरि क्याम्पा राईलाई सम्मानित गरिएको छ ।