देउराली । प्रथम पाँचकन्या कप फुटबल प्रतियोगिता २०७८ उपाधि तल्लो देउराली फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा मुकुम्मलुङ फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै तल्लो देउराली फुटबल क्लबले उपाधि जितेको हो ।

धरान ५ देउराली स्थित श्री हिमाल माध्यमिक विद्यालयको प्राङ्गणमा भएको फाइन खेलमा पहिला हाफमा मुकुम्मलुङ फुटबल क्लब क्लबका जर्सी नम्बर ८ आशिस लिम्बुले खेल सुरु भएको १० औँ मिनेटमा पहिलो गोल गरेका थिए । तर त्यसको १० मिनेट पनि नबित्दै तल्लो देउराली फुटबल क्लबका जर्सी नम्बर ४ का खेलाडी प्रितम लिम्बुले गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए ।

IMG_9236

पहिलो हाफ बराबरी मै टुङ्गिएपछि दोस्रो हाफ सुरु भएको  करिब १५ मिनेटमा तल्लो देउराली फुटबल क्लबका जर्सी नम्बर १२ का टेकहाङ लिम्बुले गोल गरेर तल्लो देउरालीलाई अग्रता दिलाएका थिए ।

पहिलो र दोस्रो हाफको सुरुवातीमा आक्रामक देखिएको मुकुम्मलुङको खेल दोस्रो हाफको मध्यबाट कमजोर बनेसँगै तल्लो देउराली टेकहाङ्गले गरेको गोल नै निर्णायक बन्न पुगेको थियो ।

वेस्ट डिफेन्स मुकुम्लुङ फुटबल क्लब राहुल लिम्बु बनेका छन् । भने वेस्ट किपर र वेस्ट प्लेयर क्रमशः तल्लो देउरालीका विपुल मगर र बुद्धिमान लावती (ड्रिङ्के)घोषित भए । प्रतियोगिताको अवधिभर अत्यधिक गोल गरेका गाउँले फुटबल क्लबका साजन लिम्बू हाइ स्कोर घोषित भएका छन् ।   

प्रतियोगीताका विजेता तल्लो देउरालीले ३० हजार, प्रमाणपत्र मेडल र ट्रफी हात पारेको छ भने उपविजेता बनेको मुकुम्लुङले २० हजार प्रमाणपत्र मेडल र ट्रफीमा चित्त बुझाएको छ ।

पाचँकन्या फुटबल क्लबले आयोजना गरेको चैत १८ गते देखी जारी प्रतियोगिताको फाइनल खेलमा लक्की ड्र मार्फत एक भाग्यशाली दर्शकलाई १ हजार प्रदान गरेको थियो ।

IMG_9224