विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानिय तहको निर्वाचिनको प्रक्रिया सुरु भएर तयारी अगाडी बढिसकेकोले अब निर्वाचन स्थगित गराएर दुर्घटना निमत्याउने पक्षमा आयोग नगरेको बताएका छन् । 

मोटर र जहाज उठे झै मात्र नभएर निर्वाचनको  रकेट नै प्रक्षेपण भैसकेकोले अब रकेट रोक्यो भने ठूलो दुर्घटना र क्षति हुन्छ र आयोग त्यो पक्षमा नरहेको उनले बताएका हुन् । 

विराटनगरमा मंगलबार पत्रकारहरूको निर्वाचन आचार संहिता अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले  राजिनामा नदिएपनि निर्वाचन कानुन अनुसार पद त्याग गरेको घोषणा गरेर मात्र जनप्रनिनिधिहरूले उम्मेदवारी दर्ता गराउन पाउने बताए । राजिनामाबारे सर्बोच्चमा मुद्दा विचराधिन रहेको र  फैसला जेजस्तो भएपनि  उम्मेदवार बन्न चाहनेहरूले लाभको पदमा नरहेको घोषणा गरेर मात्र उम्मेदवारी दर्ता गराउन  पाउने बताए ।  ‘हामीलाई चार अक्षरको राजिनामा चाहिएको हैन कानुन अनुसार पदमा नरहेको भनेर तीन अक्षरको घोषणा गरेपनि पुग्छ,’ उनले भने, ‘

  

उनले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगले संबिधान र निर्वाचन कानुन अनि  दलका नेता , सांसद र नागरिक समाजको सुझाव अनुसार स्थानिय पालिकामा उम्मेदवार बन्न चाहनेहरुले पदबाट राजिनामा दिनुपर्ने आचारसंहिता निर्माण गरेर २५ चैतदेखी लाागू गराउको जानकारी गराए । आचार संहितामा उल्लेख भएको राजिनामाको बिषयबारे  सर्बोच्चममा मुद्दा विचराधिन रहेकोले फैसला नभएसम्म उक्त्त कुरा अयोगले जर्बदस्ती कार्यान्वयन नगराउने आयुक्त थपलियाले बताए । 

उनका अनुसार तर सर्बोच्चमा विचाराधिन रहेको मुद्दा फैसला नभएमा वा विपक्षमा भएपनि कानुन अनुसार उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरुले लिखित रुपमा स्वघोषण गरेर मात्र उम्मेदवारी दर्ता गराउन पाउने कानुनी व्यवस्था भएको जानकारी गराए । ‘२०६३ को निर्वाचन ऐन र २०७४ को नियमावलीमा उम्मेदवार बन्न लाभको पदमा बस्न पाइदैन भन्ने प्रस्ट व्यवस्था छ यसैले राजिनामा नदिएपनि स्वघोषणा चाँही गर्नै पछ,’ उनले भने ।

आगामी निर्वाचनलाई मर्यादित , स्वतन्त्र र निष्पक्ष बनाउन आयोग सक्रृय भएर लागिपर्ने र त्यसमा आमसञ्चार जगतले पनि प्रतिबद्ध भएर सहयोग गरिदिन आग्रह प्रमुख आयुक्त्त थपलियाले  आग्रह गरे ।