प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९ /०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे जिज्ञासा राखेका छन् ।
उनले संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्दा जारी गरिएको १२ बुँदे घोषणापत्रबारे अमेरिका मौन बसेको र सडक तथा विद्युत प्रशारण लाइन निर्माणमा सरकारले बजेट छुट्याइएको भन्दै एमसीसी सम्झौता खारेज भएको हो ? भनि प्रश्न गर्नुका साथै अर्थमन्त्रीसँग जवाफ पनि मागेका छन् ।
उनले भने ‘१२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख छ । अमेरिकाले अहिलेसम्म घोषणापत्रबारे एक शब्द बोलेको छैन । त्यसकारण यो एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर चार सय केबीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाउने बजेट छुट्याइएको हो ?,’ ।