सुनसरी । सुनसरीको कोसी गाउँपालिकाको कार्यपालिका सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । कार्यपालिका महिला सदस्य पदको निर्वाचनमा नेपाली काङ्ग्रेसबाहेक अन्यको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालय कोसी गाउँपालिकाले जनाएको छ ।

चारजना गाउँ कार्यपालिका सदस्यमा सरितादेवी मण्डल, ज्ञानु खतिवडा, शोभाकुमारी मेहता र नसिरन खातुन निर्विरोध निर्वाचित भएका हुन् भने अल्पसङ्ख्यक तथा दलित सदस्य पदको निर्वाचन जेठ २० गतेको लागि तोकिएको छ ।

कोसी गाउँपालिकामा जम्मा ४२ जना निर्वाचित जनप्रतिनिधिमध्ये नेपाली काङ्ग्रेसका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र चारवटा वडाध्यक्षसहित २६ जना जनप्रतिनिधि छन् भने जनता समाजवादी पार्टी नेपालका दुईजना वडाध्यक्षसहित १०, नेकपा (माओवादी केन्द्र)का एक वडाध्यक्षसहित पाँचजना र नेकपा (एमाले)का एकजना वडाध्यक्ष निर्वाचित भएका छन् ।