धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर हर्क साम्पाङको खोला उत्खननमा कडाइ गर्न थालेपछि अबैधरूपमा  ढुङ्गागिट्टि लिन खोलामा पुगेका ट्याक्टरहरू लाई नियन्त्रण गर्न थालिएको छ । 

बुधवार  मात्र  उपमहानगरपालिकाका नगर प्रहरी तथा प्रहरीको संयुक्त टोलीले ४ वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ । धरान ११ वानडाडाँ नजिकै सर्दु खोलाबाट को २ त १३६४ र को १ त ४५४०,  को २ त १३६४ र को १ त ४५४० नम्बरको  ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको  नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । 

त्यस्तै,   धरान १५  सेउती खोलाबाट को २ त ३१५४ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको हो । ट्याक्टरसँगै ट्याक्टर चालक  विवेक थापा, निखिल परियार, सौगत घले र भूपाल बस्नेतलाई पनि नियन्त्रणमा लिई धरान ८ स्थित नगर प्रहरीको कार्यालय रहेको सभागृह परिसरमा राखिएको नगर प्रहरीले जनाएका छन् । 

 खोलामा नदीजन्य पदार्थ उत्खननका लागि सवारीसाधन प्रवेशमा निषेध गरिएको र उत्खनन हुँदैगरेको फेला पारे कडा भन्दा कडा कारबाही गरिने धरान उपमहानगरपालिकाले जनाएको छ ।