भद्रपुर। मिर्गौला पीडित भद्रपुर नगरपालिका– ९ का १३ वर्षीय नवीन श्रेष्ठको उपचारका लागि आर्थिक रकम सहयोग जुटाई दिन उनका परिवारजनले अपिल गरेका छन् । 

आर्थिक अवस्था कमजोर रहेका मिर्गौला पीडित नवीनको हाल कान्तिबाल अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । भद्रपुर– ९ घोडामारास्थित पशुपतिनाथ आधारभूत कक्षा ६ मा अध्ययनरत छोरा नवीनलाई बचाइदिन उनका आमा पूर्णमाया श्रेष्ठले अपिल गरेका हुन् ।

विगत ५ वर्षदेखि मिर्गौला रोगबाट छटपटाइरहेका नवीनको उपचारमा हालसम्म १९ लाख रुपैयाँ बढी खर्च भइसकेको  पूर्णमायाले बताइन् । छोराको उपचारका लागि मेची अस्पताल भद्रपुर, ओम साई पाथीभरा अस्पताल भद्रपुर, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन अस्पताल काठमाडौँ धाइसकेको र हाल  कान्तिबाल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिइन् ।

 आर्थिक अवस्था कमजोरका कारण परिवारको लालन पालनका लागि श्रीमान् हरिप्रसाद रोजगारीका लागि खाडी मुलुक साउदीमा भएको उनले सुनाइन् ।  अस्पताल धाउँदा भएको धन सम्पत्ति पनि छोराको उपचारमा सकिसक्यो उनले भनिन् ।

छोराको आर्थिक सङ्कलनका लागि भद्रपुर नगरपालिका ९ नम्बर वडा कार्यालयले दिएको पत्रको आधारमा सहयोग जुटाइरहेको उनले बताए । सिभिल बैङ्कको खाता नम्बर ०९८१०४६४९५२०१७ मा रकम जुटाएर सहयोग गरिदिन उनले आग्रह समेत गरेकी छन् ।