देउराली । धरान उपमहानगरपालिकाको भवन, पार्क तथा टहरा सटरहरू ठेक्का प्रक्रियाबाट लाग्दै आएको अब नगरपालिका आफैले राजश्व सङ्कलन गर्ने भएको छ ।
उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकको उक्त स्थानहरूका सटरहरू प्रचलित बजार भन्दा कम दरमा भाडा बापत नगरपालिकाले पाउने गरेको र थप प्रतिस्पर्धा हुने अवस्थालाई विश्लेषण गरी नगरपालिका आफैले भाडा लगाए राजश्व वृद्धि हुने भए त्यस्तो ठाउँमा नगरपालिका आफै भाडा लगाउने निर्णय गरेको छ ।
बिहीबारबाट आइतबारका लागि सरेको उक्त बैठकले अन्य १२ प्रस्तावहरू पारित गरेको छ ।
धरान उपमहानगरमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारण गरेको छ । आगामी आर्थिक वर्षको प्राथमिकतामा धरानको खानेपानी समस्यालाई राख्ने निर्णय गरिएको छ । त्यसै गरी पूर्वाधार विकास, पर्यटन, कृषि स्वास्थ्य तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ ।

त्यस्तै बैठकलेले उपमहानगरको प्रवक्तामा धरान १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) लाई तोकिएको छ ।